Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

अमेरिका पठाउने भन्दै ७० लाख ठगी गर्ने पक्राउ

अमेरिका पठाउने भन्दै ७० लाख ठगी गर्ने पक्राउ

सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । प्रहरीले अमेरिका पठाउने भनी ६९ लाख ५० हजार रुपियाँ ठगी गर्ने ५४ वर्षीय स्वर्णिम कुमार बाँठालाई  पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी गरेका हुन् ।

    images

    स्थायी घर रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं ४ भएका बाँठा हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बस्दै आएका थिए । यसै गरी, अमेरिका पठाउने भनी ४० लाख रुपियाँ ठगी गर्ने ४७ वर्षीय मिङमा डुण्डु शेर्पा पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार स्थायी घर ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं ५ भई हाल काठमाडौँ बस्दै आएका शेर्पालाई काठमाडौँ महानगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार