काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नी शोक परेको छ । क्यान्सरबाट पीडित उनकी पत्नी ह्यूँग ५० को उपचारको क्रममा उमेरमा सोलस्थित सेभेरेन्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी ५० वर्षकी थिइन् ।
ह्यूँगको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि कोरियामै शुक्रबारसम्म कोरियामै राख्ने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
एनआरएनएको १० औँ महाधिवेशनबाट कुँवर अध्यक्ष बनेका थिए । उनको कोरिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ । केही अघि सर्वोच्च अदालतले उनी पक्षकै मुद्दाको आधारमा एनआरएनएको विवादलाई ध्यानमा राख्दै संघको गतिविधि २०७८ माघ १ को अवस्थाबाट सुरु हुने फैसला गरेको थियो ।



