Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

जेठ महिनामा ७५ हजार नेपाली युवा कामको खोजीमा विदेशिए

जेठ महिनामा ७५ हजार नेपाली युवा कामको खोजीमा विदेशिए

‘जसमा ८ हजार १६५ जना महिला छन् ’

शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं । जेठ महिनामा करिब ७५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने युवायुवतीको संख्या ७४ हजार ४६७ रहेको छ । त्यसमा ८ हजार १६५ जना महिला छन् ।

    जेठमा म्यानपावर कम्पनीमार्फत ३३ हजार ६३८ जना वैदेशिक रोजगारीमा गएका छन् भने ११ हजार ९०५ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् । जिटुजीमार्फत पठाइने इजरायल र दक्षिण कोरियामा एक हजार १७१ जना गएका छन् ।

    images

    जेठमा  सबैभन्दा बढी २४ हजार ७०४ जना यूएई गएका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १६ हजार ५४७ जना गएका छन् ।

    साउदी अरेबियामा ११ हजार ९६१ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत उक्त मुलुकमा ६ हजार ६२० जना गएका छन् । कतारमा ११ हजार ९१ जना गएकोमा म्यानपावर कम्पनीमार्फत कतार २ हजार ६८१ जना गएका छन् ।

    मलेसियामा ७ हजार २३० जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ६८२ जना र कुवेतमा ४ हजार ६३० जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ७५१ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत हङकङमा २ जना, मकाउमा २ जना, चीनमा ९ जना, माल्दिभ्समा २० जना, जोर्डनमा १२५ जना, जापानमा २०७ जना, मौरिससमा ३४९ जना, बहराइनमा ४११ जना, ओमानमा ४२१ जना र साइप्रसमा ८१३ जना गएका छन् ।

    चालु आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७ लाख ६० हजार ३९१ पुगेको छ । गत वर्ष ७ लाख ४१ हजार ९२७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार