Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दश महिनामा साउदीमा १ हजार ६ सय ५८ जना नेपालीले पाए एक्जिट भिसा

दश महिनामा साउदीमा १ हजार ६ सय ५८ जना नेपालीले पाए एक्जिट भिसा

‘साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ’

शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनाको अवधिमा १ हजार ६ सय ५८ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाएका छन् ।

    रियादस्थित नेपाली दूतावासका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १ हजार ६ सय ५८ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाएका हुन् ।

    images

    उनीहरू सबै जना नेपाल फर्किसकेका छन् ।

    साउदीमा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ ।

    एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ ।

    त्यस्तै, साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाको आवेदन दिन सकिन्छ । त्यस्तै, हुरूब लागेका व्यक्तिले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सक्दैनन् । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ ।

    त्यस्तै, कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले, दूतावासमा गएर फाराम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार