Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फ्राइडे रिलिजमा ‘जन्ते बाख्रो’

फ्राइडे रिलिजमा ‘जन्ते बाख्रो’

शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौं । फ्राइडे रिलिजमा आजबाट नेपाली कथानक चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ । सिमोश सुनुवारले निर्देशन गरेको चलचित्र ‘जन्ते बाख्रो’ परम्परा र संस्कृतिसँगै लभस्टोरी सिनेमा हो ।

    चलचित्रले उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो दिएको छ ।

    images

    सतोष गौतम निर्माता रहेको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह र लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।

    प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा रमा थपलिया, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको पनि अभिनय रहेको छ ।

    चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनील शिवभक्तिको सम्पादन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार