Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पोर्चुगलमा आप्रवासी नीति परिवर्तन : " नेपालीलाई कस्तो असर पर्ला ? "

पोर्चुगलमा आप्रवासी नीति परिवर्तन : " नेपालीलाई कस्तो असर पर्ला ? "

बुधवार, जेठ २३ २०८१
  • बार्सिलोना । पोर्चुगलले आप्रवासनसम्बन्धी नियमहरू कडा बनाउने नयाँ नीति पारित गरेको छ । विभिन्न ४१ वटा बुँदाहरूमा समेटिएको नीतिमा आप्रवासीहरूलाई पोर्चुगल भित्रिनको लागि कडा गरिएको हो । 

    उक्त नीतिअनुसार अब रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल आउन पाउने छन् । जसबाट नेपालीहरू मात्र होइन पोर्चुगलमा आप्रवासीको रूपमा बस्न चाहने विश्वभरका नागरिकहरू प्रभावित हुने भएका छन् ।

    images

    सोमबार पोर्चुगलको संसदमा पेश भएको प्रस्ताव मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले पारित गरेपछि पोर्चुगलमा आप्रवासीहरूका लागि नयाँ नीति लागू भएको हो ।

    यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे । तर, त्यो अब बन्द हुने भएको छ ।

    आप्रवासीका रूपमा बसोवास गर्न चाहनेहरूको विचाराधीन मुद्दालाई ध्यानमा राख्दै यो नीति लिइएको राष्ट्रपतिको वेवसाइटमा उल्लेख छ । 

    नोटमा भनिएको छ ‘हजारौं विचाराधीन आवासिय अनुमति प्रक्रियाहरू नियमित गर्ने अवस्थालाई ध्यानमा राख्दै गणतन्त्रका राष्ट्रपतिले एक विशिष्ट डिप्लोमा जारी गर्नुभएको छ । आजको अवस्थालाई सम्मान गर्दै त्यसलाई व्यवस्थित गर्न र नयाँ प्रक्रियाको भार कम गर्न नयाँ नीति लिइएको छ ।’

    यो योजना अनुसार रेसिडेन्सी कार्डको लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ लाई समाप्त (टरमिनेट) गर्ने उल्लेख गरिएको छ । 

    सो निर्णयसँगै जुन ३ सोमबार राति १२ बजेपछि आवास अनुमति प्राप्त गर्ने प्रक्रिया बन्द गरिएको हो । तर, यसअघि आवेदन दिएका ४ लाख बढी आप्रवासीहरूले भने अस्थायी आवास अनुमति प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार