Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बङ्गलादेशमा मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष ठहर

बङ्गलादेशमा मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष ठहर

मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं । बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता एटीएम अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्ने निर्णय सुनाएको छ ।

    सन् २०१२ देखि हिरासतमा उनलाई दुई वर्षपछि मृत्युदण्ड दिइएको थियो । इस्लामसहित पाँच वरिष्ठ नेताहरूलाई विगतमा दोषी ठहर गरिएको थियो, तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी)का थिए ।

    images

    उनका वकिल शिशिर मोनिरले यस निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भने, ‘उहाँलाई न्याय प्राप्त भएको र बाँकी अन्य अभियुक्तहरूको मुद्दामा पनि पुनरावलोकन आवश्यक छ ।’  

    इस्लामलाई सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपहरूमा दोषी ठहर गर्दै २०१४ मा मृत्युदण्ड दिइएको थियो । जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बंगलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ ।

    वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जुन सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरूसमेत चुनावको तयारीमा जुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार