Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्‍यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध

आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्‍यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध

सोमवार, जेठ १२ २०८२
  • काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले आफ्नै वेब पोर्टलबाट सदस्यता खुला गर्न सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई अनुरोध गरेको छ ।

    सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिद्वारा  गत मे ३ – ४, २०२५  मा काठमाडौँमा आयोजित  एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले त्यस्तो आग्रह गरेको हो ।

    images

    एनआरएनए आइसीसीका महासचिव बाबुराम (बिआर) लामाले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्,'विभिन्न कारणले हालसम्म हाम्रो मातहतमा सदस्यता सूचना प्रणाली (एमआइएस) उपलब्ध नभएको हुँदा सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आफ्नै बेब पोर्टलबाट सदस्यता खुला गर्न अनुरोध गरिन्छ। आफ्नै बेव पोर्टल नभएका एनसीसीहरुलाई आइसीसीको वर्तमान कार्यसमितिले सहजीकरण गर्नेछ ।'

    त्यस्तै परराष्ट्र मन्त्रालयले महेश कुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै आधिकारिक भन्दै सबै कूटनीतिक नियोगहरूलाई पत्राचार गरिसकेको साथै मुद्दाको लगत कट्टा गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई पत्र पठाई सकेकाले कुनै पनि भ्रममा नपर्न पनि महासचिव लामाले आग्रह गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेश कार्यान्वयन र परराष्ट्र मन्त्रालयको मान्यता पछि महेश कुमार श्रेष्ठ नेतृत्वको आइसीसी नै सबै गैर आवासीय नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एक मात्र मान्यताप्राप्त संस्था भएकाले उक्त कार्यसमिति बाहेक अन्य कसैले सङ्घको नाममा पत्राचार गरेमा अनधिकृत हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार