Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

बिहिवार, जेठ ८ २०८२
  • काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

    images

    पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार