Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै, १० महिनामा दाङबाट मात्रै  ११ हजार ८ सयले श्रम स्वीकृति

वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै, १० महिनामा दाङबाट मात्रै  ११ हजार ८ सयले श्रम स्वीकृति

मंगलवार, जेठ २२ २०८१
  • काठमाडौँ । पछिल्लो समयमा देशभर रोजगारीको अवसर नभएको भन्दै वैदेशिक रोजगारमा जानेको युवाहरूको संख्या पनि बढ्दै गाइरहेको छ । 

    बैदेशिक रोजगार विभागको अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको छन् । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

    images

    जसमा दाङबाट मात्रै १० महिनाको अवधीमा ११ हजार आठ सय १२ जनाले श्रम स्वीकृति लिएका छन् ।

    कुन महिनामा दाङबाट कतिले लिए श्रम स्वीकृति ?

    चालु आर्थिक वर्षको साउनमा एक सय ४७ महिला र एक हजार ७५ पुरुषसहित एक हजार दुई सय २२ जनाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो । 

    भदौमा एक सय १५ महिला र नौ सय ४७ पुरुष गरी एक हजार ६२ ले श्रम स्वीकृति लिए । त्यस्तै असोजमा एक सय ४० महिला र एक हजार सात पुरुष गरी एक हजार एक सय ४७, कार्तिकमा एक सय छ महिला र आठ सय ५७ पुरुष गरी नौ सय ६३, मंसिरमा एक सय ३१ महिला र एक हजार चार सय ८४ पुरुष गरी एक हजार छ सय १६ र  पुसमा एक सय २० महिला र एक हजार तीन सय १४ पुरुष गरी एक हजार चार सय ३४ श्रम स्वीकृति लिएका थिए ।

    यस्तै, माघमा एक सय २२ महिला र एक हजार दुई सय ८० पुरुष गरी एक हजार चार सय दुई, फागुनमा एक सय ३० महिला र एक हजार तीन सय ४६ पुरुष गरी एक हजार चार सय ७६ र चैत महिनामा एक सय ३३ महिला र एक हजार तीन सय ५७ पुरुष गरी जम्मा एक हजार चार सय ९० जना दाङका युवाले श्रम स्वीकृति लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार