Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय समाचार

इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो

इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो

शुक्रवार, जेठ २ २०८२
  • गाजापट्टी । बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो खबर दिएको हो । इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो ।

    इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । बच्चाहरू भोकले रुने अनि तिनका आमा छोराछोरीलाई खुवाउन केही नभएकोले रुने गरेको गाजाकी एक महिलाले बीबीसीलाई बताइन् ।

    images

    यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ । इजरायल र हमासबिचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा व्यापक हवाई आक्रमण गरिरहेको छ ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार  २०२३ को अक्टोबर ७ देखि गाजामा कम्तीमा ५२ हजार ८२९ जनाको मृत्यु भइसकेको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार