Oct 30 2026 | २०८३ कार्तिक १४ गते

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

बुधवार, बैशाख २४ २०८२
  • नयाँदिल्ली । पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा  ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ ।

    भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ ।

    images

    दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ ।  उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो  । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन ।

    भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय फाइटर जेट खसेको पुष्टि गरिसकेका छैनन् । बरु पाकिस्तानी जेएफ–१७ फाइटर जेट खसेको हुन सक्ने उनीहरूको तर्क छ ।

    तर पाकिस्तान र पीओकेका चरमपन्थी शिविरमा आतङ्ककारी शिविरहरूमा भारतको एयर स्ट्राइकपछि जम्मु–कश्मीरमा तीन र पञ्जाबमा एउटा फाइटर जेट खसेको समाचार छापेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार