Oct 30 2026 | २०८३ कार्तिक १४ गते

जम्मू कश्मीरको सीमावर्ती क्षेत्रमा बमबारी, अवस्था तनावपूर्ण

जम्मू कश्मीरको सीमावर्ती क्षेत्रमा बमबारी, अवस्था तनावपूर्ण

बुधवार, बैशाख २४ २०८२
  • कश्मीर । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणपछि जम्मू कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरहरूमा बमबारी भएको छ।

    गोलीबारीका कारण यी क्षेत्रहरूमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। पुंछका स्थानीय बासिन्दा जमरोद मुगलले जम्मूको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको बताएको बीबीसी समाचारमा उल्लेख छ। उनले मानिसहरू अस्पताल र अन्य सुरक्षित स्थानहरूमा गइरहेको जनाएका छन्।

    images

    पुंछको मुख्य बजारमा रहेको वन विभागको कार्यालय नजिकै एउटा बम खसेको थियो। त्यहाँको अवस्था अझै पनि तनावपूर्ण छ।बुधबार बिहान कश्मीरकै उरी सेक्टरमा गोलाबारी भएको एक प्रहरी अधिकारीले जनाएका थिए।

    भारत र पाकिस्तानबीचको वर्तमान अवस्थालाई ध्यानमा राख्दै केही क्षेत्रहरूमा स्कूल र कलेजहरू बन्द गरिएका छन्। त्यस्तै कश्मीरका धेरै भागहरूमा स्कूल र कलेजहरू बन्द गरिएका छन्।

    अधिकारीहरूले आज कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका सबै स्कूल, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार