Oct 30 2026 | २०८३ कार्तिक १४ गते

पहलगाम हमलापछि भारतको एक्सन

पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने

पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने

बिहिवार, बैशाख ११ २०८२
  • नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो।

    बैठकले सिन्धु जल सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ। यसैगरी पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ। उनीहरूलाई ४८ घण्टा भित्र देश छोड्न भनिएको छ । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा दिइने छैन।

    images

    त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ। पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ। पहलगामको बैसरणमा भएको आतंकवादी हमलाको दोस्रो दिन बुधबार श्रीनगरदेखि दिल्लीसम्म शृङ्खलाबद्ध बैठकहरू आयोजना गरिएको थियो। त्यसपछि प्रधानमन्त्री मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक आयोजना गरिएको थियो।

    प्रधानमन्त्री निवासमा मोदीको अध्यक्षतामा साढे दुई घण्टा लामो बैठक भएको थियो। यसमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, एनएस अजित डोभाल लगायत धेरै अधिकारीहरू उपस्थित थिए।

    पहलगाम हमलामा २७ जनाको मृत्यु भएको छ। २० जनाभन्दा बढी घाइते भएका छन्।

    बैसरण उपत्यकामा ठुलो संख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण भएको थियो। मृत्यु हुनेमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन्। नेपाल र युएईका एक- एक पर्यटक र दुई स्थानीयको पनि मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार