काठमाडौं । यूएईमा सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२५’ मा सहभागीहरुमध्ये २ जनालाई लक्की ड्र मार्फत जिसिडि ग्रुपले उपहार प्रदान गरेको छ ।
फेस्टिबलको मुख्य प्रायोजक रहेको जिसिडि ग्रुप अन्तर्गतको जिसिडि एचआर एण्ड मेनेजमेन्ट कन्सलटेन्सीले फेस्टिबलमा सहभागी दर्शकहरुमध्ये लक्की ड्र बाट २ जना बिजेतालाई यूरोपको जूनसूकै देश जानका लागि ५० प्रतिशत छुट उपहार दिने घोषणा गरेको हो ।
फेस्टिबलमा सहभागी भएकाहरुबाट लक्की ड्र गर्दा रविन्द्र यादव र सन्देश थपलिया बिजेता बनेका जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठले बताए । बिजेताहरुलाई उपहार दावी गर्नका लागि जीसिडीको कर्पोरेट अफिस दूबईमा एकहप्ताभित्र आफ्नो परिचयपत्रसहित सम्पर्क गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

जिसिडी ग्रुपको यूएईमा मुख्य कार्यालय रहेको छ भने नेपाललगायत विश्वका विभिन्न मुलुकमा आफ्ना शाखा कार्यालय स्थापना गरेर मानव संशाधनसम्बन्धी काम गर्दै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले गत अप्रिल २० का दिन दुबईको क्रिक पार्कमा ‘नेपाल फेस्टिभल–२०२५’ सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालको परम्परागत झाँकी, नृत्य, तथा नेपालबाट आएको सांगीतिक समूह सुरसुधासहित ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो। साथै, नेपाली संस्कृति झल्काउने ५० वटा व्यवसायीक स्टलहरूमा नेपाली खाना, हस्तकला, पर्यटन सामग्री आदि प्रदर्शन गरिएका थिए।
फेस्टिवलमा यूएईका उच्च पदाधिकारी, विदेशी कूटनीतिज्ञ, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत नागरिकहरु तथा नेपाली समुदाय सहित करिब ४० हजार दर्शकहरूको उपस्थिति रहेको थियो ।



