Oct 30 2026 | २०८३ कार्तिक १४ गते

भ्रमण

अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा

सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् । उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    images

    भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् ।

    भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ ।

    यस्तो छ अमेरिकी उपराष्ट्रपतिको भ्रमण तालिका

    जेडी भेन्स आज बिहान दिल्ली आएपछि राति नै जयपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ उनी रामबाग प्यालेसमा बस्ने छन् ।

    २२ अप्रिल अर्थात् वैशाख ९ गते भेन्स जयपुरमा आमेर फोर्ट, सिटी प्यालेस र जन्तर मन्तर अवलोकन गर्ने छन् । उनी जयपुरमा आयोजना हुने इन्टरनेसनल बिजनेस समिटमा पनि सहभागी हुने छन् ।

    २३ अप्रिल अर्थात् वैशाख १० गते भेन्स आफ्ना परिवारसहित आग्राको ताजमहल हेर्न जानेछन् ।

    आगराबाट पुनः जयपुर फर्किएपछि २४ अप्रिल अर्थात् वैशाख ११ गते भेन्स अमेरिका फर्किने कार्यक्रम छ ।

    भारतीय मूलकी हुन् भेन्सकी श्रीमती

    जेडी भेन्सको परिवारको यो पहिलो भारत भ्रमण हो । भेन्सकी पत्नी ऊषा भारतीय मूलकी हुन् । ऊषाका बाबुआमा आन्ध्र प्रदेशको पूर्वी गोदावरी र कृष्णा जिल्लाका हुन्, जो पछि अमेरिका गएका थिए र त्यहीँ बसोबास गरेका थिए ।

    ऊषाको जन्म अमेरिकामै भएको थियो । उनी पहिलोपटक भारत आइरहेकी छन् । भेन्स र ऊषाका तीन सन्तान छन्– इवान, विवेक र मीराबेल । ऊषा भेन्सले आफ्नो पहिलो भारत भ्रमणलाई लिएर निकै उत्साहित रहेको बताएकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार