Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन

गुरुङ प्यानलको महासचिवमा बस्नेतको उम्मेदवारी

गुरुङ प्यानलको महासचिवमा बस्नेतको उम्मेदवारी

मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मान, लोकतान्त्रिक-गणतान्त्रिक समूहको निरन्तर अभियान’ चुनावी नारासहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि भुवन सिंह गुरुङ नेतृत्वको प्यानलबाट महासचिवमा महेश कुमार बस्नेतले उम्मेदवारी दिएका छन् ।

    ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक बस्नेतले आगामी चैत्र २९ गते हुने नयाँ कार्यसमिति चयनसहितको ३१औं वार्षिक साधरण सभामा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी (केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट महासचिवका लागि आफ्नो उम्मेदवारी दिएका हुन् ।

    images
    09e64b09-03dc-4bff-b66e-6211a5621bc6.jpeg
    क्षेत्रीय चुनावी भेला 

    विगत लामो समयदेखि म्यानपावर व्यवसायमा आवद्ध रहि व्यवसायीहरुको समस्या समाधानको लागि आवाज उठाउदै आएका बस्नेतले वैदेशिक रोजगारमा भएका समस्याहरूलाई निराकरण गर्ने गरि योजना ल्याइएको बताएका छन् । वैदेशिक रोजगार क्षेत्रको गहिरो अध्ययन गरि यस क्षत्रमा प्रवेश गरेका बस्नेत आफ्नो व्यवसायलाई मात्रै नभै यो व्यवसायीक क्षेत्रलाई नै माथि उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले व्यवसायी संघमा सही नीति सही नेतृत्व हुन पर्छ भनेर आफ्नो उम्मेदवारी दिएका बताए ।

    नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका महासचिव समेत रहेका बस्नेतले व्यवसायीका समस्यालाई समाधान गर्दै वैदेशिक रोजगार व्यवसायीलाई व्यवस्थित बनाउन नीति निमार्ण देखि कार्यन्वयन गराउने  ठाँउसम्म नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । प्रतिबद्धतापत्रमा उल्लेखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासनका साथ उनले भुवन सिंह गुरुङ नेतृत्वको प्यानललाई मतदान गरि आफूलाई महासचिव पदमा निर्वाचित गराउन सबै व्यवसायीहरुसँग अपिल गरेका छन् ।

    9003206f-f0f8-41dd-95e2-889b4f6c94c1.jpeg
    क्षेत्रीय चुनावी भेलामा उपस्थित व्यवसायीहरू 

    गुरुङ नेतृत्वको संयुक्त व्यवसायीक समूहले ‘वैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मान, लोकतान्त्रिक-गणतान्त्रिक समूहको निरन्तर अभियान’ लाई मुख्य चुनावी नारा बनाएको छ । संघको अध्यक्षका लागि गुरुङसँग नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध संयुक्त प्यानलबाट नरेश गेलाल प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार