Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु

साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु

बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो।

    नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये  १२१ वटा नेपाल पठाइएको छ। बाँकी १५ शव विभिन्न प्रक्रियामा रहेको र चाँडै नेपाल पठाउने तयारी रहेको दूतावासले जनाएको छ। मृतक नेपाली कार्यरत कम्पनीबाट पाउनुपर्ने सेवा सुविधालगायतका विभिन्न कार्यहरू पूरा गरी शव नेपाल पठाइएको हो।

    images

    दूतावासका अनुसार मृत्युको कारण अनेक भएपनि प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेहरू सबैभन्दा बढी छन्।

    दूतावासका अनुसार कार्य दुर्घटनामा १६ जना ,प्राकृतिक दुर्घटनामा ७० जना,अज्ञात कारणबाट १० जना, आत्महत्यामा १६ जना,ट्राफिक दुर्घटनामा २१ जना ,पानीमा डुबेर  १ जना र एस्फिक्सिया २ जना नेपालीको मृत्यु भएको खुलेको छ।

    साउदीको हकमा इन्सुरेन्स (गोसी) बाट प्राप्त हुने रकमलाई प्रक्रिया पुर्‍याएर परिवारलाई पठाउने र  शव नेपाल पठाउन कम्पनीअनुसार करिब दुई हप्तादेखि एक महिनासम्म लाग्ने जनाइएको छ।

    आत्महत्या केसमा भने शव पठाउन अवस्था हेरी तीन महिनासम्म लाग्ने जनाइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार