Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अमेरिकामा अवैध आप्रवासीको डिपोर्ट

अमेरिकामा अवैध पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

अमेरिकामा अवैध पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता गुमाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ।

    वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरिसकेको छ। क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता सकिएको हो।

    images

    सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गर्न सुरु गरिने जनाइएको छ। केही आप्रवासीलाई अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट भएको घोषणा भएको थियो।

    गृह मन्त्रालयले सूचना जारी गर्दै बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप लगाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार