Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय समाचार

इजरायलले फेरि सुरु गर्‍यो गाजा पट्टीमा आक्रमण : ३४ जनाको मृत्यु, धेरै घाइते

इजरायलले फेरि सुरु गर्‍यो गाजा पट्टीमा आक्रमण : ३४ जनाको मृत्यु, धेरै घाइते

मंगलवार, चैत्र ५ २०८१
  • इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरिरहेको बताएको छ। सेनाले एक विज्ञप्तिमा यसले हमासको "आतंकवादी लुक्ने ठाउँहरू" लाई लक्षित गरिरहेको छ।

    रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल-बलाहमा तीन घरहरूलाई निशाना बनाइएको बताएको छ। यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो।

    images

    गाजाको नागरिक रक्षा एजेन्सीले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको बताएको छ।

    जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।

    इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

    'हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष व्यक्ति र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई पनि अस्वीकार गरेपछि यो आक्रमण भएको हो,' विज्ञप्तिमा भनिएको छ। बीबीसी

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार