Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु

सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु

आइतवार, फाल्गुण २५ २०८१
  • दमस्कस । सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि जारी हिंसा मत्थर भएको थियो । तर केही हप्ताको शान्तिपछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको छ ।

    गएको तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच चलिरहेको द्वन्द्वमा एक हजारभन्दा बढी मानिसहरू मारिएका छन् । मारिनेहरूमा ७४५ जना सर्वसाधारण भएको र यिनीहरूलाई नजिकबाट गोली हानिएको सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाले भनेको छ ।

    images

    द्वन्द्वमा १२५ सुरक्षा बल र १४८ असद समर्थक लडाकु मारिएको संस्थाले बताएको छ । सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति काटेको छ । सिरियामा बिहीबारदेखि हिंसा सुरु भएको थियो, जुन चाँडै नै देशका धेरै भागहरूमा फैलियो ।

    शुक्रबार, सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति बसर अल–असदका समर्थक अलावि समुदायका मानिसहरूलाई निशाना बनाउन थालेका थिए 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार