Oct 29 2026 | २०८३ कार्तिक १३ गते

‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान

‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान

बुधवार, माघ २३ २०८१
  • अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सेनाको विमानले अमृतसरमा ल्याएको छ ।

    भारतीय समय अनुसार बुधबार दिउँसो १ बजेर ५८ मिनेटमा अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    images

    भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक छन् । उनीहरूमध्ये ३३ जना गुजरात राज्यका छन् ।

    अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका यी भारतीय नागरिक मेक्सिको–अमेरिकी सीमा क्षेत्रबाट पक्राउ परेका थिए । उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्दा पक्राउ परेको बताइएको छ ।

    डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले अवैध रूपमा अमेरिकामा प्रवेश गरेका आप्रवासीविरुद्ध कठोर नीति लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार