Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै

आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै

आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाइरहेको छ। ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित भारतले यस वर्षको गणतन्त्र दिवस मनाउन लागेको हो।

    गणतन्त्र दिवसका अवसरमा भारतले प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई निमन्त्रणा दिएको छ। गणतन्त्र दिवसमा सहभागी हुन उनी शुक्रबार नै नयाँ दिल्ली पुगिसकेका छन्। राष्ट्रपतिको पदभार ग्रहण गरेपछि सुबिआन्तोको यो पहिलो भारत भ्रमण हो।

    images

    गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीस्थित ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूबाट झण्डोत्तलनका साथै परेडको तयारी गरिएको छ। परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने गरिन्छ।

    सन् १९५० मा २६ जनवरीका दिन भारत गणतन्त्र घोषित भएको थियो। भारत ब्रिटिस उपनिवेशबाट १९४७ अगस्त १५ मा स्वतन्त्र भएको थियो। १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार