Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हमासले चार बन्दी छाेडेपछि इजरायलबाट २०० प्यालेस्टाइनी बन्दी मुक्त

हमासले चार बन्दी छाेडेपछि इजरायलबाट २०० प्यालेस्टाइनी बन्दी मुक्त

आइतवार, माघ १३ २०८१
  • काठमाडौं । हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ ।

    युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो । उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले आक्रमणकै दौरान कब्जामा लिएको थियो ।

    images

    लामो समय बन्दी रहेका उनीहरू मुक्त भएसँगै इजरायल पुगिसकेका छन् । बदलामा इजरायलले दुई सय प्यालेस्टाइनी बन्दी रिहा गरेको हो । हमासले रिहा गरेको यो दोस्रो समूह हो । यसअघि युद्धविराम सम्झौता कार्यान्वयन भएकै दिन गत आइतबार हमासले तीन महिलालाई मुक्त गरेको थियो ।

    यसैबीच, इजरायली सरकारले आफ्ना नागरिक अर्बेल येहुदलाई रिहा नगरी हमासले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    यससँगै इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई अझै उत्तरी गाजामा फर्कन अनुमति नदिने बताएको छ, जुन युद्धविराम सम्झौताअन्तर्गत निर्धारित गरिएको थियो ।

    हमासको असन्तुष्टिलगत्तै हमासले अर्बल येहुद जीवित रहेको भन्दै अर्को साता रिहा हुने स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार