Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ

मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।  सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् ।

    यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो।

    images

    साथै जेडी भान्सले पनि अमेरिकाको उपराष्ट्रपतिको शपथ लिएका छन् ।

    शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । शपथ ग्रहण गरेपछि ट्रम्पले राति १० बजेतिर कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा छन् ।

    शपथ ग्रहण अघि उनी सेन्ट जोन्स चर्चमा पुगेका थिए । दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्प पत्नी मेलानिया र परिवारका सदस्यसहित समारोहमा पुगेका छन् । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार