काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ६ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।
चालु र्आिर्थक बर्षको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।
वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।
आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।
गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।
वैशाखमा मलेसिया जाने धेरै
विभागका अनुसार वैशाखमा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । वैशाखमा मात्रै १६ हजार ९४९ जना मलेसिया पुगेका छन् ।
त्यस्तै वैशाखमा रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९यूएई०मा १६ हजार ५१२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।
त्यस्तै जापानमा १ हजार २९८ जना, रोमनियामा १ हजार ८४ जना र क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् ।
यो आवको १० महिनामा भने संयुक्त अरब इमिरेट्स ९यूएई० जानेको संख्या सबैभन्दा धेरै छ । वैशाखसम्म यूएईका लागि १ लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । १० महिनामा मलेसिया भने ७९ हजार जना पुगेका छन् ।



