काठमाडौं । रोजगारीको निम्ति विदेशिनेको संख्या दिनप्रतिदिन बढ्दो छ । यस वर्षको १० महिनामा बाहिरिनेको संख्या ५ लाख ७६ हजारलाई भाग गर्ने हो भने प्रतिमहिना ५७ हजार ६ सय ५७ जना बाहिरिएको देखिन्छ ।
चालु आर्थिक वर्षको वैशाखमा ७० हजार ६३७ जना रोजगारीका लागि बाहिरिएका छन् । जसमध्ये मलेसियामा जानेको संख्या सबैभन्दा बढी १६ हजार ९ सय ४९ जना रहेको छ । मलेसिया पछि युएइ मा १६ हजार ५ सय १२ जना रोजगारीका निम्ति पुगेका छन् ।
हिन्दूहरुको सबैभन्दा ठूलो चाड दशैंले समेत बाहिरिनेहरुलाई रोक्न नसकेको तथ्यांकले देखाएको छ । यही आर्थिक वर्षको असोजमा मात्रै ५६ हजार २३५ जना रोजगारीको लागि विदेश जानुले यस कुराको पुष्टि गर्दछ ।
रोजगारीको निम्ति बाहिरिनेहरुको संख्यालाई महिनावारी हेर्दा यस्तो देखिन्छ :
साउन ५५,५७५ भदौ ५०,८८४ असोज ५६,२३५,
कात्तिक ४३,६२२ मंसिर ६८,२०१ पुस ६५,८१३
माघ ६२, १४७ फागुन ६५,६५८ चैत ३७,२२८
वैशाख ७०,६३७ स्रोत : वैदेशिक रोजगार विभाग
गत वैशाखमा मलेसिया र युएइ पछि कतार ११ हजार १ सय ०७, कुबेत ३ हजार ३सय ८७, कोरिया एक हजार ७ सय १०, जापान एक हजार २ सय ९८, रोमानिया एक हजार ८४, अष्ट्रेलिया १ सय १५, बहराईन ९सय ३४, बुल्गेरिया २ सय ८, जोर्डन ४ सय ३६, चीन १ सय ८, माल्दिभ्स ५ सय ७३, माल्टा २ सय ६६, साइप्रस ८ सय ४९, ओमान ५ सय ५२ र जना गएका छन् भने कोरिया ७ सय ७२, सर्बिया १ सय ५९, मौरिसस ८ सय ७०, बेलायत २ सय ८९ जना नेपाली रोजगारीका लागि पुगेको विभागले जनाएको छ ।



