Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकाको सपना देखाइ ७ करोड ५० लाख ठग्ने मुख्य योजनाकार दिल्लीबाट पक्राउ

अमेरिकाको सपना देखाइ ७ करोड ५० लाख ठग्ने मुख्य योजनाकार दिल्लीबाट पक्राउ

सोमवार, बैशाख ३१ २०८१
  • काठमाडौँ । नेपालबाट अमेरिका पठाउने भनेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा जगतबहादुर तामाङसहित ३ जना पक्राउ परेका हुन् ।  

    उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ घर भएका जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका–२ घर भएका जङ्गबहादुर विक (बराल) र विष्णुबहादुर बराली छन् ।

    images

    भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई दिल्लीबाट पक्राउ गरेर ल्याइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

    पीडितहरूले उनीहरु बिरुद्ध ५ करोड ५० लाख बिगो बराबरको जाहेरी दिएका छन् । यसअघि पक्राउ परेकी सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पाका श्रीमान् दावा अमेरिकामा छन् । अमेरिकामा जेल परे पनि दावाले निकाल्ने आश्वासन दिएर अवैध बाटोबाट अमेरिका पठाउने नाममा उनीहरुले रकम असुलेका हुन् ।

    जगतबहादुर विक सहितका ३ जनाले विगत एक वर्षदेखि भारतमा बसेर ठगी धन्दा चलाएको अनुसन्धानका संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार