Oct 31 2026 | २०८३ कार्तिक १५ गते

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते बस्दै

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते बस्दै

बैदेशिक रोजगार पोस्ट
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । बैंकको २०८१ कार्तिक १४ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले वार्षिक साधारण सभा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।

    बैंकका अनुसार वार्षिक साधारण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । बैंकले मंसिर ९ गते आइतबार १ दिन शेयरधनी दर्ता किताब बन्द गरिने पनि जानकारी दिएको छ ।

    images

    आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पूँजीको ५।५० प्रतिशत बोनस शेयर लाभांशका रूपमा शेयरधनीहरूलाई वितरणका लागि प्रस्ताव गरिएको पनि बोर्ड सचिवालयका प्रबन्धक विश्व सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार