Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दसैँपछि ४.३४ अङ्कले घट्यो नेप्से, ४ अर्बको कारोबार

दसैँपछि ४.३४ अङ्कले घट्यो नेप्से, ४ अर्बको कारोबार

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौँ स् साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ। दशैँपछिको पहिलो कारोबार नेप्सेमा सामान्य अंकको गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक ४/३४ अंकको घटेर २ हजार ६ सय २९ दशमलव ८२ विन्दुमा पुगेको हो।
    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २/१७ अंक, फ्लोट इण्डेक्स ०/५३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०/६६ अंक घटेको छ। आज ९ वटै उपसमूहका परिसूचक घटेको छ भने ४ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय ७१ कम्पनीको शेयर मूल्य घटेको छ तथा १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
    यसगरि, आज घलेम्दी हाइड्रोको २३ करोड ६६ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २० करोड ५८ लाख र माउन्टेन इनर्जी नेपालको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। साथै,आज बेनी हाइड्रोपावरको शेयर सर्वाधिक १५ प्रतिशत बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयर सर्वाधिक ७/९२ प्रतिशत घटेको छ।
    यसगरि, नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज ३ सय ४१ कम्पनीको ३८ हजार ७ सय ८८ पटकको कारोबारमा ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ भने गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँ कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार