Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सरकारको १०० दिन

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले क्षतिपूर्ति रकम बपत अब १० लाख पाउने

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले क्षतिपूर्ति रकम बपत अब १० लाख पाउने

बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मुत्यृ हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढाएको छ ।

    यसअघि, मृतकका परिवारलाई सात लाख रुपैयाँ दिने गरिन्थ्यो । सरकारले वैदेशिक रोजगारी नियमावली संशोधन गरेर अबदेखि मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने बनाएको हो ।

    images

    “वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम सात लाखबाट १० लाख पुर्‍याइएको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकार गठनको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै भने । 

    बिरामी भई उपचार खर्च पाएपछि मृत्यु हुनेहरूलाई पनि क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ उपलब्ध गरिने उनले जनाए ।

    “बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ,” प्रधानमन्त्री ओलीले सय दिनमा गरेको उपलिब्ध सुनाए ।

    विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई वर्क परमिट उपलब्ध गराउने व्यवस्था गरिएको पनि उनले जनाए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार