Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

चाडपर्वको मुखमा नेपालीहरु विदेशिन बाध्य !

चाडपर्वको मुखमा नेपालीहरु विदेशिन बाध्य !

यतिबेला सिंगो देश नै दसैँमय छ । तर, केही नेपाली भने विदेश जान बाध्य छन् । नेपालीहरूको महान चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन ।

बुधवार, आश्विन ९ २०८१
  • काठमाडौँ । यतिबेला सिंगो देश नै दसैँमय छ । तर, केही नेपाली भने विदेश जान बाध्य छन् ।

    नेपालीहरूको महान चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन । नेपालीका दशैं–तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला अर्थात चालु आर्थिक वर्ष ०८१/८२ को भदौ महिनामात्र विभिन्न मुलुकमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् ।

    images

    वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये  ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए ।

    भदौमा २९ हजार ५२८ जना संस्थात रुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । 

    त्यस्तै जिटुजीमार्फत एक हजार ३ जना विदेश गएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो ।

    सबैभन्दो धेरै यूएई गए

    वैदेशिक रोजगार विभागका अनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् ।  पछिल्लो एक महिनामा युएइमा मात्र १८ हजार ६०५ नेपाली विदेश गएका छन् । त्यस्तै साउदीमा १० हजार ८३५, कतारमा ११ हजार २९१ र कुवेतमा ४ हजार २१५ श्रमिक वैदेशिक रोजगारीमा गएको सूचना अधिकारी सुवेदीले बताए ।

    युरोपमा जाने नेपालीहरू पनि बढ्दै 

    भदौमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् । भदौमा रोमनियामा युरोप राष्ट्र रोमनिया एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ । त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।

    मलेशिया जाने घटे

    वैदेशिक रोजगारीमा मलेशियामा जाने श्रमिकमा भने ठुलो गिरावट आएको छ । साउनमा मलेशियामा १ हजार ३४४ जना वैदेशिक रोजगारीमा गएका छन् । यो कोभिडपछि अहिलेसम्मै ठूलो गिरावट हो । कुनै समय नेपालको प्रमुख श्रम गन्तव्य रहेको मलेशियामा भदौमा १ हजार १९३ श्रमिक गएका छन् । अघिल्लो आर्थिक वर्षको भदौमा ८ हजार १६३ जना श्रमिक रोजगारीको खोजीमा मलेशिया गएका थिए । गत मार्चमा मलेशियाले आप्रवासी श्रमिक लैजान कटौटी यो संख्यामा कमी आएको जानकारहरू बताउछन् । 

    १३ हजार अदक्ष श्रमिक विदेशिए

    नेपालबाट भदौमा विदेशिने श्रमिक मध्ये १३ हजार १७१ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार भदौमा विदेशिनेमध्ये ३७ हजार ७८३ हजार श्रमिक दक्ष छन् । अर्धदक्ष ६ हजार १७५ जना विदेशिएका छन् । त्यस्तै व्यवसायिक दक्ष शिप भएका ३०९ जना गएका छन् भने ५५ जना उच्च दक्ष श्रमिकहरू विदेशिएका छन् ।

    कुन जिल्लाबाट कति गए ? 

    भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार