Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्री ओली र युएसएआईडीकी प्रमुख पावरबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री ओली र युएसएआईडीकी प्रमुख पावरबीच भेटवार्ता, के भयो कुराकानी ?

बुधवार, आश्विन ९ २०८१
  • न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआईडी) की प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।

    संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीसँग मंगलबार युएसएआईडीकी प्रमुख पावरले भेटवार्ता गरेकी हुन् । 

    images

    भेटमा नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरू र भावी दिनमा त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो । 

    सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,  नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।     

    त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।

    प्रधानमन्त्री ओलीले मंगलबारै राष्ट्रसंघको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार