Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

वैदेशिक रोजगारीको नाममा मानव तस्करी बढ्दो

वैदेशिक रोजगारीको नाममा मानव तस्करी बढ्दो

आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं ।  नेपालमा वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा ओसारपसार भइरहेको पाइएको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार दलाल र तिनका एजेन्टहरूले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा ओसारपसार भइरहेको जनाएको हो । पछिल्ला चार वर्षमा नेपालबाट मानव बेचबिखन र ओसारपसारको संख्या क्रमशः बढ्दै गएको ब्यूरोको अनुसन्धानबाट देखिएको छ।

    images

    ब्यूरोले आर्थिक वर्ष २०७७/७८ मा १ सय ३४, २०७८/७९ मा १ सय ४७, २०७९/८० मा १ सय ५७ र गत अर्थिक वर्ष २०८०/८१ मा १ सय ६६ वटा मुद्दा दर्ता भएको जनाएको छ । विज्ञहरूका अनुसार नेपालबाट १६ देखि २३ वर्ष उमेर समूहका किशोरीहरुलाई वैदेशिक रोजगार र अन्य प्रलोभनमा परि बेचबिखन गरेको बताउछन् ।

    उक्त उमेरका किशोरीहरूलाई श्रम तथा यौन शोषणमा समेत पर्ने गरेको विज्ञहरूको भनाइ रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार