Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायली सेनाद्वारा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

इजरायली सेनाद्वारा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

शुक्रवार, भाद्र २१ २०८१
  • इजरायली सेनाले बिहीबार वेस्ट बैंकको टुबास सहरमा ६ प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् ।

    प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरपश्चिमी वेस्ट बैंकमा रहेको तुबासमा गाडीलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । तुबासको दक्षिणी फरा शिविरमा छैटौँ व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको थियो । टुबासका गभर्नर अहमद अल–असादले इजरायली आक्रमणले फारा शिविरमा पूर्वाधार र सेवाहरूमा व्यापक क्षति भएको बताए ।

    images

    प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अगस्ट २८ यता वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीका कारण ३९ प्यालेस्टिनीको मृत्यु भएको र १४५ जना घाइते भएको बताएको छ । मन्त्रालयले अक्टोबर २०२३ मा गाजा द्वन्द सुरु भएदेखि वेस्ट बैंकमा ६९१ प्यालेस्टाइनी मारिएको जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार