Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने बबीलाई धरौटीमा छोड्न अस्वीकार

नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने बबीलाई धरौटीमा छोड्न अस्वीकार

शुक्रवार, भाद्र २१ २०८१
  • काठमाडौं । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबी शाहलाई धरौटीमा छोड्न अदालतले अस्वीकार गरेको छ । 

    अदालतले धरौटीमा छोड्न अस्वीकार गर्दै उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन आदेश भएको छ ।

    images

    ह्यारिस काउण्टी क्रिमिनल जस्टिस सेन्टरमा नेपाली समुदायको तर्फबाट मुनाको न्यायको लागि नेपाली समुदायको दबाब अभियानमा सक्रिय नेप्लिज एशोसियसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जनाएको हिमालय खबरले समाचारमा उल्लेख गरेको छ ।

    उनका अनुसार अब अर्को पेशी तीन महिनापछि डिसेम्वर ३, २०२४ मा तोकिएको छ । यसै बीच मुनाकी आमा अनिता अधिकारी/पाण्डेले अमेरिका आउन भिसा पाएकी छन् भने मुनाको फ्यूनरलका लागि टेक्सस सरकारबाट प्राप्त हुन सक्ने खर्च भुक्तानीका लागि समेत ह्युस्टन पुलिस डिपार्टमेण्टले आवश्यक प्रक्रिया सुरु गरिसकेको समेत जनाइएको छ ।

    हत्या गरेको आरोपमा केही दिनपछि पक्राउ परेका उनी रगत लागेको टिसर्टमा रहेको अभियोजनकर्ताहरूले बताएका छन् । ५१ वर्षीय बबीलाई २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या गरेको आरोप लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार