Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा उजुरी बढ्यो, पाँच वर्षमा १५ हजारसंग ठगी

वैदेशिक रोजगारीमा उजुरी बढ्यो, पाँच वर्षमा १५ हजारसंग ठगी

मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । 

    पछिल्लो पटक त वैदेशिक रोजगारीका नाममा ठगिएँ भनेर उजुरी गर्नेको सङ्ख्या उच्च दरमा बढेको छ । योसँगै पछिल्लो पटक मुद्दा फस्र्योटको दर पनि बढेको छ ।

    images

    बितेको पाँच वर्षमा वैदेशिक रोजगारीमा ६ गुणाले मौलाएको सरकारी तथ्यांक छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच वर्षमा १५ हजार ९ सय ४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष ०७७/७८ मा मात्रै कोभिड महामारीले ठगीका केही घटनामा कही आएको विभागको भनाइ छ ।

    विभागका निर्देशक गुरुदत्त सुवेदी वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाहरु मौंलाएको बताउँछन् । ‘ठगीका उजुरी हेर्दा रहेक वर्ष बढेको देखिन्छ । रोजगारीका सपना देखेर विदेश जान लागेका युवाहरु ठगीमा परिरहेका छन्’, उनले भने । उनका अनुसार अहिले म्यानपावर कम्पनी भन्दा पनि व्यक्तिबाट ठगिने घटनाहरु धेरै छन् ।

    पछिल्लो समय युवाहरुको आकर्षक श्रम गन्तव्य बनिरहेकाले युरोपेली मुलुक गएर ठगिने धेरै छन् । विभागमा परेका उजुरीहरु हेर्दा धेरैजसो ठगी युरोप पठाउने नाममा भइरहेका छन् ।

    युरोपका पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, क्रोएसिया, युके, ग्रिस लगायत देशमा पठाउने नाममा ठगी भइरहेको विभागले जनाएको छ । त्यसबाहेक क्यानडा, अमेरिका, बेलायत जस्ता मुलुकहरुमा पठाउने नाममा ठगी भइरहेको हो ।

    वैदेशिक रोजगार विभागमा बितेको एक वर्षमामात्र ७ हजार ठगीका उजुरी दर्ता भएका छन् । विभागको तथ्याङ अनुसार दर्ता भएका ठगीका उजुरीमध्ये तीन हजार ८३७ फस्र्योट भएका छन् । ती उजुरीमा ३० करोड ९३ लाख बराबरको क्षतिपूर्ति भराइएको छ ।

    ठगीका ७ हजार मुद्दा मध्ये प्रहरीमा ३ हजार ४०५ उजुरी दर्ता भएका छन् भने विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ वटा उजुरी दर्ता भएका छन् । यी मध्ये ५४१ उजुरी मेलमिलापबाट टुंगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार