Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अगस्टमा ७२ हजार ७१९ विदेशी पर्यटक नेपाल भित्रिए

अगस्टमा ७२ हजार ७१९ विदेशी पर्यटक नेपाल भित्रिए

सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं । अगस्टमा ७२ हजार ७१९ विदेशी पर्यटक नेपालमा भित्रिएका छन्। कोभिडअघि सन् २०१९ को तुलनामा घटे पनि गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएका हुन्।

    पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक भित्रिएका थिए भने २०२३ मा ६७ हजार १५३ पर्यटक नेपाल आएका थिए।

    images

    नेपाल भित्रने प्रमुख ५ देशमा भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार