Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वार्षिक १०० जना कामदार पठाउन नसक्ने १८१ मेनपावरको नवीकरण

वार्षिक १०० जना कामदार पठाउन नसक्ने १८१ मेनपावरको नवीकरण

सोमवार, भाद्र १७ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगार विभागले वार्षिक १०० कामदार विदेश पठाउन नसक्ने १८१ मेनपावर कम्पनीको नवीकरण गरेको छ । विभागले ती कम्पनीमा अनुगमन गरेपछि नवीकरण गरेको हो ।

    मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकुवामार्फत नवीकरण हुन नपाएका कम्पनीको  नवीकरण गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले ती कम्पनीहरूको स्थलगत अनुगमनपछि नवकिरण गरेको हो ।

    images

    लगातार दुई वर्षसम्म वार्षिक १०० कामदार नपठाउने मेनपावर कम्पनीको नवीकरण नगर्ने कानुनी व्यवस्था छ । तर, विगत चार वर्षदेखि बाधा अड्काउ फुकाऊ मार्फत सरकारले नवीकरण गर्दै आएको छ । वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने ३१७ मेनपावरको नवीकरण राखिएको थियो ।

    नवीकरण रोकिएका कम्पनीहरूलाई नवीकरणका लागि आवेदन दिन आह्वान गरेको थियो । निवेदन दिएका कम्पनीहरूमा विभागको टोलीले अनुगमन गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार