Oct 28 2026 | २०८३ कार्तिक १२ गते

योगदान राष्ट्रको लागि यूएईको आर्थिक सहयोगमा बुढाथोकीको शव नेपाल पठाइयो

योगदान राष्ट्रको लागि यूएईको आर्थिक सहयोगमा बुढाथोकीको शव नेपाल पठाइयो

बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । भिजिट भिसामा काम खोज्न यूएई पुगेका रोल्पाका पवन बुढाथोकीको शव दुई महिनापछि नेपाल पठाइएको छ । योगदान राष्ट्रको लागि यूएईको आर्थिक सहयोगमा बुढाथोकीको शव नेपाल पठाइएको हो ।

    रोजगारीका लागि भिजिट भिसामार्फत यूएई पुगेका परिर्वतन गाउँपालिका- ४,जरेनी रोल्पाका पवन बुढाथोकी विगत डेढ महिनादेखि हराइ रहेको सूचना पाएसँगै योगदान राष्ट्रको लागि यूएई टिमले उनको खोजी गरेको थियो ।

    images

    तर उनको गत अगष्ट १ तारिक अचानक मृत्यु भएको थाहा पाएपछि शव नेपाल पठाउन निकै समस्या भएको संस्थाका अध्यक्ष दिवस चापागाईंले वैदेशिक रोजगार पोष्टलाई बताए । अध्यक्ष चापागाईं अनुसार बुढाथोकीको शव सबै कानुनी प्रक्रिया पुरा गरि हिमालयन एयरलाइन्समार्फत गत बुधवार अर्थात (हिजो १२ गते) नेपाल पठाइएको जानकारी दिए ।

    मृतकको शव नेपाल पठाउन सस्थाले ६ हजार ३६५ यूएई दिर्हाम अर्थात् (करिब २ लाख ३० हजार रुपैयाँ) खर्च भएको अध्यक्ष चापागाईंले बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार