Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पुरुषोत्तम न्यौपाने र हरिदेबी कोइराला दुबई आउँदै

पुरुषोत्तम न्यौपाने र हरिदेबी कोइराला दुबई आउँदै

बिहिवार, भाद्र १३ २०८१
  • यूएई। तीज कार्यक्रममा प्रस्तुति दिनको लागि गायक पुरुषोत्तम न्यौपाने र गायिका हरिदेबी कोइराला दुबई आउने भएका छन् । 

    कास्की आदर्श समाज युएईको आयोजनामा आउँदो सेप्टेम्बर १, २०२४ अर्थात भाद्र १६ आइतवार गते हुन गइरहेको तीज विशेष कार्यक्रममा प्रस्तुति दिन कलाकारहरू दुबई आउने भएका हुन् । उनीहको साथमा लोकदोहोरी गायिका आशा बिसी पनि यूएई आउने भएकी हुन् ।

    images

    दुबईको अस्टोरिया होटेलमा रहेको याक एण्ड यति क्लबमा हुन गइरहेको उक्त कार्यक्रमको सम्पुर्ण तयारी सकिएको समाजका महासचिव यम रानाभाटले वैदेशिक रोजगार पोष्टलाई बताए ।  

    पछिल्लो समय तीजका गीतहरु विवादित भइरहेको अवस्थामा कास्की आदर्श समाज यूएईले पुरना कलाकारको उपस्थितिमा फरक किसिमको कार्यक्रम गर्ने उदेश्य लिएको बताएको छ।

    नेपालबाट आमन्त्रित कलाकारहरु आउँदो ३० तारिक शुक्रवार यूएई आउने छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार