काठमाडौं । साउदीले आईडी नवीकरण गर्न ढिलाइ गरे जरिमाना लाग्ने नयाँ नियम ल्याएको छ ।
राहदानीसम्बन्धी साउदी महानिर्देशनालयले समयमै आफ्नो परिचयपत्र नवीकरण नगर्ने आप्रवासीलाई आईडीको म्याद सकिएको तीन दिनपछि जरिमाना गरिने बताएको हो ।
पहिलोपटक ढिलाइ गरेमा ५ सय साउदी रियाल दोस्रोपटक पुनः नवीकरणमा ढिलाइ गरे १ हजार रियाल जरिमाना गरिने जनाएको छ । नवीकरण प्रक्रियालाई सरल बनाउन अब्सेर प्लेटफर्म प्रयोग गर्न सकिने जनाएको छ । जसले परिवारका सदस्यहरू वा घरेलु कामदारहरूका लागि निवासी आईडीहरूको इलेक्ट्रोनिक नवीकरणका लागि अनुमति दिन्छ ।
साउदी सरकारको यस निर्यणसँगै रोजगारदाता कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्यामा पर्ने नेपाली कामदारहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ । पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र कम्पनीले अकामा नवीकरण नगरिदिँदा कम्पनी छाडेर धमाधम गैरकानुनी बनिरहेका छन् ।
यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् । साउदीमा करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका पाइन्छन् ।



