Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेल र ओमानका विदेशमन्त्री हमुदबीच शिष्टाचार भेटवार्ता, के भयो कुरा ?

राष्ट्रपति पौडेल र ओमानका विदेशमन्त्री हमुदबीच शिष्टाचार भेटवार्ता, के भयो कुरा ?

मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन् । राष्ट्रपति पौडेलसँग दुई दिने नेपाल भ्रमणमा ओमानी प्रतिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेट गरेका हुन् ।भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नती भएर सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको बताउदै यसका लागि नेपाललाई ओमन सरकारको सर्वभौम कोषलगायत अन्य मित्र राष्ट्रबाट सहयोगको अपेक्षा गरेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

    नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना विद्यमान रहेको बताए । राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको संख्या बढ्दै गएको अवस्थामा काठमाडौमा ओमानको राजदूतावास स्थापना गर्दा दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे । त्यसतै उनले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्धत मिल्ने औंल्याए । 

    images

    सो भेटमा ओमनका विदेशमन्त्री सैयदले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला ह्दयले नेपालसँगको सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएको सल्लाहकार पोखरेलले जानकारी दिए । 

    सैयदले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने ओमानमा रहेका नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार