Nov 01 2026 | २०८३ कार्तिक १६ गते

६ अर्ब डलरभन्दा बढी चोरी भएको रकमको ९५ प्रतिशत फर्काएपछि बाइनान्सले निकासी खुलाउँदै

६ अर्ब डलरभन्दा बढी चोरी भएको रकमको ९५ प्रतिशत फर्काएपछि बाइनान्सले निकासी खुलाउँदै

आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ह्याकिङबाट चोरी भएको ६ अर्ब ३० करोड डलर बराबरको डिजिटल सम्पत्तिमध्ये ९५ प्रतिशत रकम फर्काएपछि प्रयोगकर्तालाई चरणबद्ध रूपमा रकम झिक्न दिने भएको छ ।

    बाइनान्सका अनुसार आइतबार बिहान ६ देखि ९ बजेसम्म (जीएमटी) पहिलो चरणमा बिटक्वाइन, इथेरियम, बीएनबी, सोलाना, एक्सआरपी र डजक्वाइनलगायत क्रिप्टोकरेन्सीको निकासी खुलाइनेछ । बाँकी पाँच प्रतिशत चोरी भएको सम्पत्ति कम तरलता भएका टोकनमा रहेकाले आवश्यक परिमाणमा जुटाउन थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ ।

    images

    अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले शनिबार उक्त साइबर आक्रमणमा उत्तर कोरियाको राज्यसमर्थित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको जनाएको थियो । एफबीआईका अनुसार समूहका सदस्यहरूले चोरी भएको सम्पत्तिलाई इथेरियममा रूपान्तरण गरेको पाइएको छ ।

    त्यसैगरी, चोरीको रकम अझ थप रूपमा अन्य प्रविधि प्रयोग गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने चेतावनी पनि एफबीआईले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार