काठमाडौं । वैदेशिक रोजगारीको लागि साउदी अरेबिया पुगेका १६ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा मात्रै विभिन्न कारणले १६ जना नेपालीको मृत्यु भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासको तथ्याङ्क अनुसार मृत्यु हुनेहरुमा प्राकृतिक तर्फ ४ जना ,मृत्यु विवरण थाहा नभएको ३ जना, सडक दुर्घटनामा ५ जना, कार्यकक्ष दुर्घटनातर्फ १ जना र आत्महत्या ३ जना गरी १६ जनाको मृत्यु भएको हो।
साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ।
नेपाली दूतावास रियादले साउदीमा कार्यरत नेपालीले हकहितको लागि दूतावासमा कार्यरत कर्मचारीहरूको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ। साथै नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न खानपिन तथा स्वास्थ्य सुरक्षामा जोड दिन दूतावास आग्रहसमेत गरेको छ।



