Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ओमानका विदेशमन्त्री अल्बुसैदी आज नेपाल आउँदै

ओमानका विदेशमन्त्री अल्बुसैदी आज नेपाल आउँदै

सोमवार, भाद्र १० २०८१
  • काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।

    परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा उनी दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आउन लागेको मन्त्रालयले जनाएको छ ।

    images

    भ्रमणमा दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ । ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् ।

    उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार