Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सरकारी गाडी दुरुपयोग र सर्वसाधारणसँग वादविवाद : भिडियो भाइरल भएपछि पक्राउ

सरकारी गाडी दुरुपयोग र सर्वसाधारणसँग वादविवाद : भिडियो भाइरल भएपछि पक्राउ

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग वादविवाद तथा अपशब्द प्रयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ३ कुशादेवी बस्ने ४० वर्षीय गणेश सापकोटा रहेका छन्।

    images

    सामाजिक सञ्जालमा प्राप्त भिडियोका आधारमा गत असोज २४ गते सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग गर्दै सर्वसाधारणसँग विवाद र अपशब्द प्रयोग गरेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा आइतबार बिहान १० बजे उनलाई काभ्रेको पनौतीबाट पक्राउ गरिएको हो।

    पक्राउ परेका सापकोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार