Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दूतावासमार्फत एनआरएनए यूकेले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझायो

दूतावासमार्फत एनआरएनए यूकेले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझायो

आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं। एनआरएनए यूकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

    गत शुक्रबार एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर सहित पदाधिकारीहरु लन्डनस्थित नेपाली दूतावास पुगि ४ वटा प्रमुख मागसहित प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले दूतावास पुगेर द्वितीय सचिव रामबाबु नेपालमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाइएको हो ।

    images

    एनआरएनए यूकेले बुझाएको ज्ञापनमा नागरिकता ऐन संशोधन, दूतावासमा भेदभाव, पूर्वाग्रह र गोर्खा एवं जनजातिलाई भवनभित्र बहिष्कार गर्ने परिपाटी तत्काल अन्त्य तथा गोर्खा समुदाय बुझेको राजदूत नियुक्त हुनुपर्ने, यूकेमा वृद्धवृद्धा नेपाली र गोर्खा भेट्रानहरुलाई कन्सुलर सेवामा सहयोग गर्न घुम्ती सेवा (मोवाइल सर्भिस) लागू गर्न अनुरोध र अन्तिममा लन्डनस्थित नेपाली दूतावास भित्र गोर्खाहरुका समस्या समाधानका लागि सहज होस् भन्ने उद्देश्यले उनीहरूमा समर्पित गोर्खासम्बन्धी एक बेग्लै प्रतिनिधि कार्यालय खोल्न माग गरिएको छ ।

    ज्ञापनपत्रमा एनआरएनए यूकेले आउँदो १३ सेप्टेम्बर २०२४ का दिन दिउसो १ बजे नेपाली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन समेत गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार