Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउदीमा हुथी आक्रमणपछि नेपालीको सुरक्षा र रोजगारीको चिन्ता

साउदीमा हुथी आक्रमणपछि नेपालीको सुरक्षा र रोजगारीको चिन्ता

सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित एक विमानस्थलमा यमनका हुथी विद्रोहीले गरेको हमलाले त्यहाँ कार्यरत नेपालीको सुरक्षाका साथै रोजगारीको सुनिश्चिततामाथि चिन्ता बढाएको छ।

    यमनका हुथी विद्रोहीले आइतबार गरेको हवाई आक्रमणका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३०९ जना घाइते भएका छन् । आक्रमणमा कुनै पनि नेपाली परेका छैनन् । आक्रमणमा साउदीका चार, बंगलादेशका दुई र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान एवं इजिप्टका एक–एक जना मारिएका छन्।

    images

    हुथी विद्रोहीको आक्रमणको यो क्षमताले उनीहरूलाई साउदी अरबभित्र आक्रमण गर्न सक्षम बनाएको देखिएको छ। यसले साउदी अरेबियालाई अस्थिरतातर्फ धकेल्ने खतरा बढाएको छ । हुथी विद्रोहीहरूको क्षमता अब साउदी अरबभित्र रियादका विमानस्थल, सहरी पूर्वाधार र आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै गहिरो आक्रमण गर्न सक्ने स्तरमा विकास भएको देखिएको छ।

    साउदी अधिकारीहरूका अनुसार, हुथी विद्रोहीहरूले दुई दिनभित्र देशका दुई प्रमुख विमानस्थल रियाद र आभामा मिसाइल तथा ड्रोन आक्रमण गरेका छन् । यी आक्रमणहरूमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । हुथी विद्रोहीले साउदी अरबको हवाई क्षेत्र प्रयोग नगर्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ‘अन्तिम चेतावनी’ दिएका छन् । हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी हवाई क्षेत्र अब ‘उनीहरूको सैन्य अपरेसनको केन्द्र’ बनेको बताएका छन्।

    यसले साउदीमा हवाई उडान प्रभावित भएका छन् । आइतबार नेपालबाट हुने उडानसमेत प्रभावित भएको छ। साउदी–नेपाल यात्रा अपडेटअनुसार, हिमालय एयरलाइन्सका काठमाडौं–दमाम दुवैतर्फका उडान रद्द भएका छन्।

    हिमालय एयरलाइन्सले आइतबारका लागि निर्धारित काठमाडौं–दमाम र दमाम–काठमाडौंका दुवै उडान रद्द गरेको छ।

    एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै उडान रद्द गरिएको जनाएको छ । तर, उडान रद्द गर्नुको विस्तृत कारण तथा प्रभावित यात्रुका लागि वैकल्पिक उडानबारे जानकारी दिइएको छैन । प्रभावित यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न अनुरोध गरिएको छ।

    साउदी अरेबियाले कुवेतबाट आउने स्थलमार्ग प्रयोग गर्न आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साउदी अरेबियाविरुद्ध लडाइँमा रहेका हुथी विद्रोहीलाई साउदी अरेबियाको क्षेत्रीय प्रतिद्वन्द्वी इरानले लामो दूरीमा प्रहार गर्न सक्ने हतियार उपलब्ध गराएको बताएका छन् । साउदी अरबमा रहेका पश्चिमा देशका कूटनीतिक नियोगहरूले आफ्ना नागरिकहरूलाई विमानस्थलदेखि टाढै रहन अनुरोध गरेका छन् । साउदीमा हमलापछि खाडी देशका कैयौं हवाई कम्पनीले साउदीका लागि आफ्ना उडान रद्द गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार