काठमाडौँ । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ७,११४ मतदाता निर्धारण गरेको छ। त्यसमा विभिन्न क्षेत्र छुट्टाएर मतदाता तय गरिएको हो। कांग्रेसले प्रदेशगत रुपमा कोशी प्रदेशबाट एक हजार ११७ मतदाता निर्धारण गरेको छ।
मधेस प्रदेशबाट १२५६ मतदाता तय भएका छन्। बागमती प्रदेशबाट १२१७ मतदाता निर्धारण गरिएका छन्। निर्वाचन समितिका अनुसार गण्डकी प्रदेशबाट ७१५ जना लुम्बिनी प्रदेशबाट एक हजार ९ जना कर्णाली प्रदेशबाट ४९९ जना र सुदूरपश्चिम प्रदेशबाट ६५० जना मतदाता निर्वाचित भएर आएका निर्वाचन समितिले जानकारी दिएको छ।
त्यसमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने पदेन महाधिवेशन प्रतिनिधि हुने भातृ तथा सुभेछुक संस्थाबाट मनोनीत हुने र सभापतिले मनोनयन गर्ने पनि छुट्टाछुट्टै सङ्ख्या पनि निर्वाचन समितिले निर्धारण गरेको छ। निर्वाचन समितिका अनुसार १६५ निर्वाचन क्षेत्रबाट पाँच हजार ४४५ महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका छन्। १६५ प्रतिनिधि सभा क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि भएका छन्।
३३० प्रदेश सभा क्षेत्रीय समितिका सभापति पनि महाधिवेशन प्रतिनिधि भएका छन्। ७५३ पालिका सभापति पनि पदेन महाधिवेशन प्रतिनिधि भएका छन्। भातृ तथा सुभेछुक संस्थाबाट २२५ महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् जनसम्पर्क समितिबाट २४५ जना महाधिवेशन प्रतिनिधि भएर आएका छन्। सभापति गगन थापाले ६६ महाधिवेशन प्रतिनिधि मनोनीत गरेका निर्वाचन समितिले जनाएको छ।



